मोरक्को भूकम्प अपडेटः मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, १४ सय बढीको अवस्था गम्भीर

मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । घटनामा परी घाइते हुनेको संख्या पनि २ हजारभन्दा बढी नै रहेको बताइएको छ ।

मोरक्कोका आन्तरिक मन्त्रीका अनुसार घाइते मध्ये १ हजार ४ सयभन्दा बढीको अवस्था गम्भीर छ । भूकम्पमा माराकेसको दक्षिणमा पर्ने प्रान्तहरुमा बढी मानिसहरुको मृत्यु भएको छ ।

राजा मोहम्मद छैटौंले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । साथै विपद्मा परेर बाँचेकाहरुका लागि खाना, आवास र अन्य आवश्यक सहयोग गर्न आदेश दिनुभएको छ ।

भूकम्पपछिको दोस्रो रात पनि धेरैजसो मानिसहरुले खुल्ला आकाशमुनी बताएका छन् । स्थानीय समय अनुसार शुक्रबार राति ६ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गरेको हो ।

भूकम्पको केन्द्रविन्दू दक्षिण पश्चिम शहर माराकेसको ७१ किलोमिटर उचाईमा रहेको पर्वतमा रहेको बताइएको छ । भूकम्पको धक्का भने ३ सय ५० किलोमिटर टाढा रहेको राजधानी रबात र यसको आसपासका अन्य शहरहरुमा पनि महसुस गरिएको थियो ।

विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकहरुको लोकप्रिय शहर माराकेस भूकम्पले क्षतिग्रस्त भएको छ । पहाडी गाउँमा इँटा, ढुङ्गा र काठका कच्ची घरहरुमा धेरै क्षति पुगेको छ । दुर्गम क्षेत्रमा भएको क्षतिको अनुमान गर्न अझै केही समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.