लिबियामा भीषण बाढीः २३ सय जनाको मृत्यु, १० हजारभन्दा बढी बेपत्ता

लिबियामा ड्यानियल नामक आँधीका कारण भीषण बाढी आएको छ । सुनामी जस्तै गरी आएको बाढीले बगाएर समुद्रमा पुर्‍याएका शवहरु निकाल्न उद्दार टोलीलाई निकै सकस परेको छ । बाढीबाट डेरना शहर सबैभन्दा प्रभावित भएको छ ।

एम्बुलेन्स प्राधिकरणका अनुसार डेरनामा हालसम्म २ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । बाढीमा परी १० हजारभन्दा बढी मानिस बेपत्ता छन् ।

भीषण बाढीका कारण शहरका सडकहरु खोला जस्तो भएपछि उद्दार कार्यमा निकै कठिनाई भइरहेको छ । कयौं मानिसलाई बगाएकाले मृतकको संख्या ठूलो संख्यामा बढ्ने अनुमान गरिएको छ ।

बाढीले डेरना शहरका दुई वटा बाँध र चार वटा पुल भत्काएको छ । आँधीका कारण शहरको अधिकांश भूभाग डुबेको छ । आँधी र बाढीबाट प्रभावित लिबियामा विभिन्न देशहरुबाट सहायता आउन थालेको छ । इजिप्टबाट केही सहायता भएको बताइएको छ ।

लिबियाको विभाजित राजनीतिक अवस्थाले अन्य मुलुकहरुलाई विपद्को समयमा समेत सहयोग गर्न कठिनाइ भइरहेको छ । अमेरिका, जर्मनी, इरान, इटाली, कतार र टर्कीले पठाउन तयार रहेको बताएका छन् ।

खोला शहरभित्र पसेपछि बाढीले कारहरु बगाएर लैजादै गरेको र बाँच्नका लागि घरका छतहरुमा बसेका मानिसका दर्दनाक दृश्यहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.