कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते

काठमाडाैँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
यस अघि असोज २ गते बस्ने भनिएकोमा उक्त बैठक असोज ४ गतेका लागि तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.