पाल्पामा बस दुर्घटनाः २१ जना घाइते, दुई जना गम्भीर

पाल्पा- पाल्पामा ब्रेकफेल भएर रात्रिबस दुर्घटना भएको छ । तानसेनदेखि काठमाडौका लागि छुटेको लु २ ख १४०३ नम्बरको नाइट बस तानसेन नगरपालिका वडा नं. ४ स्थित बारुदखानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेका २१ जनालाई तानसेनमा रहेको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो । घाइतेमध्ये अधिकाशको अवस्था समान्य रहेको अस्पातलले जनाएको छ ।

दुर्घटनास्थलमा दुई वटा मोटरसाइकलका साथै दुई घरमा समेत क्षति पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.