बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको लागी शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्ने विशेष दिनको रूपमा यो दिवस मनाउने उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा लेखिएको छ, ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज हामी ५९ औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाउँदै छौँ । विशेषगरी विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्धन र परिपूर्ति गर्ने विशेष दिनको रूपमा यो दिवस मनाइन्छ । यस ऐतिहासिक अवसरमा म सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

नेपालको संविधान, बालबालिका सम्बन्धी कानुन र नीतिहरूमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न, गराउन योजना तथा कार्यक्रम तर्जुमा गरी बालमैत्री वातावरणमा  रहेको प्रधानमन्त्रीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.