तीन महिनापछि रेसुङ्गा बिमानस्थलबाट नियमित उडान

भाडा भने बढ्यो

गुल्मी-  गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि नियमित उडान सुरु भएको छ ।

मौसम खराबको कारण गत जेठको अन्तिम साताबाट उडान अबरुद्ध हुँदै आएको थियो । मौसममा सुधार आएसँगै शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्गा स्टेशन इन्चार्ज थापाले जानकारी दिनुभयो ।

आज काठमाडौंबाट गुल्मीको उडान भर्ने ११ जना यात्रु थिए । रेसुङ्गाबाट काठमाडौंका लागि मात्रै तीन जना यात्रु थिए ।

मौसम खराबीले पटक पटक विमान उडान नभएपछि यात्रुमा विश्वास घट्दै गएको थियो । अब मौसम हेरेर हप्ताको एक दिन शुक्रबार उडान गर्ने थापाले बताउनुभयो ।

नागरिक उड्डयन प्राधिकरणले हप्ताको दुई दिन उडान गर्न अनुमति दिएको छ । रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट ६ बजेर ३० मिनेटमा उडान गर्ने गर्दछ । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहाज ७ बजेर ४५ मिनेट जाँदा उडान गर्ने समय तालिका रहेको छ ।

पछिल्लो समय सरकारले भाडा दर बढाएसँगै भाडादर वृद्धि भएको छ । रेसुङ्गादेखि काठमाडौंका लागि ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखी रेसुङ्गा ७ हजार २ सय ८० रुपैयाँ भाडादर कायम गरिएको रेसुङ्गा स्टेशन इन्चार्ज थापाले बताउनुभयो ।

रेसुङ्गा विमानस्थलबाट गत बैशाखको अन्तिम सातादेखि व्यावसायिक उडान शुरु भएको थियो । यस एअरलाइन्समा (भिएफआर) सिस्टमबाट उडान हुने गरेको छ ।

रेसुङ्गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने प्राधिकको निष्कर्ष रहेको छ । विमानस्थलबाट १८ सिट क्षमताको जहाजले उडान गर्ने गर्दछ । काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्म ५० मिनेटको उडान समय रहेको छ ।

विमानस्थलबाट नियमित जहाज चल्दा टिकट पाउनै मुस्किल पर्ने गरेको थियो । १५ जनाको टिकटका लागि करिब ६० जना सम्मको माग थियो । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमिचौरमा पर्दछ ।

जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चिबाटोहुँदै विमानस्थल पुग्न सकिन्छ ।

अहिले गुल्मीबाट काठमाडौंसम्म गाडीको यात्रा झण्डै १३ देखि २२ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थामा रहेको छ ।

वर्षातको समयमा त झनै कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था यहाँका स्थानीयलाई छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.