संविधान दिवसको अवसरमा विभूषण वितरण स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले संविधान दिवसको दिन राष्ट्रपतिबाट प्रदान गर्ने विभूषणलाई थप मर्यादित र व्यवस्थित गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले हाललाई विभूषण वितरण स्थगित गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

विभूषणलाई मर्यादित र व्यवस्थित गरी सम्मानको गरिमा बढाउन र राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तराष्ट्रिय अभ्यास र विभूषण सम्बन्धि कानुनको समेत अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदलललाई ३ महिना समय दिइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले कर प्रणाली सुधारको लागि पूर्व मन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको छ । शुक्लापाँट राष्ट्रिय निकुञ्जबाट पीडित जनताको समस्याको स्थायी समाधानको लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

नजिकीदै गरेको चाडबाडलाई लक्षित गरेर साल्ट ट्रेडिङ करपोरेशन र खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार छुटमा १० /१० हजार मेट्रिक टन चिनी आयत गर्ने छुट दिने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै बैठकले नेपाल नागरिकता तेस्रो संशोधन नियमावली २०८० स्विकृति गर्ने निर्णय गरेको छ। विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघिय संसदमा पेश गर्न स्विकृति दिने निर्णय गरेको छ। त्यसैगरी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरीका र चिनको भ्रमण स्विकृत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.