चिकित्सकहरुको आन्दोलनले भक्तपुरको स्वास्थ्य सेवा प्रभावित

भक्तपुर- चिकित्सकहरुको आन्दोलनका कारण भक्तपुरको स्वास्थ्य सेवा प्रभावित भएको छ । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि आज भक्तपुरका सबै स्वास्थ्य संस्थाहरूको आकस्मिक बाहेक अन्य सबै सेवा बन्द भएको छ ।

जसका कारण अस्पतालमा पुगेका बिरामीले उपचार नपाएर घर फर्किनु परेको गुनासो गरेका छन् । बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सक माथि कुटपिट गरेको घटना विरुद्ध नेपाल चिकित्सक संघले आन्दोलनको आह्वान गरेपछि चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।

सो घटनाका दोषीलाई कारबाही हुनु पर्ने माग चिकित्सकहरुले गरेका छन् । देशभरका स्वास्थ्यसंस्था जस्तै भक्तपुर अस्पतालको पनि ओपिडी सेवा बन्द हुदा विरामीले सास्ती भोग्न परेको छ ।

इमरजेन्सीका विरामीले भने सहज उपचारसेवा पाएको अस्पताल इमरजेन्सी विभागका मेडिकल अफिसर डा.विजय पन्तले बताउनु भयो ।

आन्दोलन भएपनि पेशाले मानवता र जवाफदेहितालाई ख्याल गर्दै उपचारमा संलग्न भएको उहाँको भनाइ छ । तर आकस्मिक बाहेक अस्पतालमा आउने बिरामीहरू भने स्वास्थ्य सेवा पाउन नसक्दा निराश भई घर फर्किनु परेको अवस्था छ ।

प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट नहुदा अन्य सेवापनि प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.