नेपाल टेलिभिजनकर्मी आचार्य ग्रेट तीज महोत्सवमा ‘वर्ष युवा पत्रकार’बाट सम्मानित

चितवन- चितवनका युवा पत्रकार एवंम् नेपाल टेलिभिजन चितवनका संवाददाता राजेन्द्र आचार्यलाई पूर्वी चितवनको खैरहनीमा सम्मानित भएका छन् । सौराहा अनलाईन डिजिटल पत्रिकाका र नेपाल रफ्तार डिजिटल पत्रिकाका प्रधानसम्पादक समेत रहेका आचार्य विगत दुई दशक बढी समयदेखी चितवने पत्रकारितामा सक्रिय भई पत्रकारितामार्फत समाज रुपान्तरणमा खेलेको भूमिकाको उच्च मुल्याकंन गर्दै वर्ष युवा पत्रकार’ पत्रकारिता सम्मानबाट सम्मानित गरिएको हो ।

ग्रेट टिभि प्रा.लि र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न ग्रेट तीज महोत्सव २०८० को अवसरमा खैरहनी नगरपालिका प्रमुख शशीकुमार खनियाँ, उपमेयर कविता उप्रेती र ग्रेट टिभिका अध्यक्ष रामेश्वर रिजालले संयुक्त रुपमा ‘वर्ष युवा पत्रकार’ को रुपमा सम्मानपत्र र खादासहित सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा उनीसगैँ चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा र प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्की ‘वर्ष उत्कृष्ट कुशल प्रशासक’ को रुपमा साथै प्रेस चौतारी नेपाल चितवन जिल्ला ईन्चार्ज र नेपाल प्रेस चितवन संवाददाता प्रतिमा सिल्लवाललाई बर्ष उत्कृष्ट महिला पत्रकारिता सम्मान र राष्ट्रिय समाचार समिति चितवनका संवाददाता एवं खबर प्रवाह डिजिटल पत्रिकाका सम्पादक सुरेन्द्र कुँवरलाई ‘वर्ष युवा पत्रकार’ पत्रकारिता सम्मान गरिएको थियो ।

२०६० साल देखि पत्रकारितामा लागेका आचार्य हाल नेपाल टेलिभिजनमा कार्यरत छन् । आचार्य राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)को अध्यक्ष, प्रेस सेन्टर नेपाल चितवनको बरिष्ठ उपाध्यक्ष, पूर्वी चितवन पत्रकार मञ्चको उपाध्यक्ष, साप्ताहिक सञ्जाल नेपाल चितवनको उपाध्यक्ष पदमा रही समेत नेतृत्वदायी भूमिकामार्फत पत्रकारिताको विकास र प्रर्वद्धनमा सक्रिय छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.