नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ: परराष्ट्रमन्त्री साउद

न्यूयोर्क- परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताउनुभएको छ । मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उहाँले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पार्नुभएको हो ।

परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराउनुभएको छ । ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.