देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा
लाखौँ बालबालिका विद्यालय जानबाट बञ्चित
काठमाडौँ- विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विद्यालय वन्द गराएर शिक्षकहरु हिजोदेखि आन्दोलनमा उत्रिएका हुन ।
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोधस्वरुप आज दोस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन गरेका हुन् ।
शिक्षकहरुको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।
माइतीघरमा जारी प्रदर्शनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीसाधन जाममा परेका छन् ।
विद्यालय अनिश्चतकालिन रुपमा बन्द भएको घोषणा गरेसँगै लाखौँ बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन ।।
प्रतिक्रिया राख्नुहोस्