मुगुको गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट

मुगु- मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराती भएको आगलागीमा परी आठ घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् । न्युरोडदेखि कृष्ण चोक जाने सडक छेउका घरहरुमा आगलागी भएको हो ।

नरेश शाहीको कम्प्युटर पसल रहेको घरबाट सुरु भएको आगलागीबाट प्रदिप रावल, जंग ऐडी, गगन शाही, पुतली शाही, जंग बुढा, तार्के लामा सहितका ८ घर जलेर नष्ट भएका छन् ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय जुटेका छन् । आगलागीबाट नष्ट भएका घरहरुमा थुप्रै पसल गोदाम र डेरा भएकाले ग्याँस सिलिन्डर पड्केर आगो नियन्त्रण गर्न मुश्किल परेको थियो । तीन बर्ष यता गमगढी बजारमा यस्ता आगलागीका घटना पटक पटक हुँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.