जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

बारा- जंगली हात्तीको आक्रमणबाट आज विहान एक मानिसको मृत्यु भएको छ । जितपुर सिमरा १६ टांगिया बस्ती जाने बाटोस्थlत पूर्व पश्चिम लोकमार्गमा नाम थर वतन नखुलेका ५५ बर्षिय एक पुरुषको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

मानिस मृत्यु भएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले जंगली हात्तीले आक्रमण गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उक्त शवको घटनास्थलबाट प्रारम्भिक मुचुल्का पश्चात पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया बारा पठाईएको छ । गत केही बर्षयता हात्तीको आक्रमणबाट मृत्यु हुने क्रम बढदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.