गोलबजारबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

सिरहा- सिरहा प्रहरीले गोलबजारबाट प्रतिवन्धित लागुपदार्थ ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका-६ लक्ष्मी मन्दिरका ३६ वर्षीय राम एकवाल गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय मिलिग्रामसहित शनिबार पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ । पक्राउपछि यस सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.