जबर्जस्ती करणी गरी फरार बनेका राना पक्राउ

बारा- बाराको निजगढ नगरपालिका-१२ रतनपुर निवासी ११ बर्षिय बालिकालाई शुक्रबार साँझ जबर्जस्ती करणी गरी फरार बनेका ६० बर्षिय राना साईला भन्ने सोम बहादुर लुम्बा पक्राउ परेका छन् ।

आमा घर बाहिर काम गर्न गएको अवस्थामा अपाङ्ग बालिकालाई जबर्जस्ती करणी गरी फरार बनेका रानालाई उनकै भिनाजुको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

घटनाको सुचना प्राप्त हुनासाथ रतनपुर पोस्ट र ईलाका प्रहरी निजगढबाट खटेको टोलीले रगत बगेको अवस्थामा बालिकाको उद्धार गरी उपचारको लागी प्रादेशिक अस्पताल कलैया बारा पठाईएकोमा थप उपचारको लागी नारायणी अस्पताल बिरगन्ज पठाईएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताउनु भएको छ ।

पक्राउ परेका रानालाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.