गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक प्रगति समिक्षा सम्पन्न

गुल्मी- गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ल्ला सदरमुकाम तम्घासमा सरोकारवालाहरुको सहभागितामा आर्थिक वर्ष २०७९-०८० सालमा वार्षिक रुपमा गरिएका कार्यक्रमहरुको प्रगतिको समिक्षा गरिएको हो ।

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र सहित ५ वटा आयुर्वेद औषाधालय र ४ वटा आरोग्य केन्द्रका प्रमुखहरुले वार्षिक रुपमा गरेका कर्यक्रमहरुको प्रगति प्रस्तुत गरेका थिए । प्रस्तुत प्रगति समिक्षामा स्वास्थ्य संस्थाका प्रमुखहरुले प्रगतिसँगै समस्याहरु पनि राखेका थिए ।

कतिपय स्वास्थ्य संस्थाहरुमा भवनहरु नभएकोले समस्या रहेका थिए । आयुर्वेद औषाधालयले OPD सेवा पूर्वकर्म सेवा स्तनपायी सेवा, जेष्ठ नागरिक सेवा, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, नागरिक आरोग्य कार्यक्रम जस्ता उपचारत्मक र स्वास्थ प्रबर्धनात्मक कार्यक्रम साथै आरोग्य केन्द्रले जिल्लामा स्वास्थ्य प्रबर्धनात्मक कार्यक्रम गर्ने गर्ने गरेका छन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले आयुर्वेद स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालयबीच सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले कतिपय कार्यक्रमहरु एउटै खालका हुने भएकाले आगामी दिनमा सहकार्य गरेर अगाडी बढनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकबहमदुर केसी र कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्वासेले वार्षिक रुपमा गरिने प्रगति समिक्षा आगामी दिनमा गर्ने सेवा प्रवाहमा थप प्रभावकारीता हुने बताउनुभयो । उहाँहरुले नागरिक आयुर्वेद औषाधालय तर्फ फर्किने संख्या बढ्दै गरहेको बताउनुभयो ।

गुल्मी जिल्लामा स्वास्थ्यको क्षेत्रमा निकै नै समस्या रहेको उनिहरुको तर्क थियो । यहाँबाट पाइल्सका बिरामीलाई छारसुत्र जस्ता सेवा लिन अन्य उपचारको लागि बुटवल काठमाडौं जानुपर्ने बाध्यतामा यहाँका नागरिकहरु रहेको बताउनुभयो ।

कार्यक्रममा गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मराम पाण्डेले नागरिकमा आयुर्वेद स्वास्थ्यमा बिश्वास बढदै गएको बताउनुभयो । नागरिकहरु नसर्ने रोगबाट धेरै समस्या झैल्दै आइरहेकाले खानपानमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आयुर्वेद स्वास्थ्य क्षेत्रमा राज्यबाट पर्याप्त बजेटको कमीका कारण सोचेअनुसार काम गर्न नसकिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले गाउँगाउँमा नागरिकहरु खानपानको कारण बिभिन्न खाले रोगहरु निम्त्याइरहेकाले आयुर्वेद स्वास्थ्य बारे जानकारी लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले गुल्मी जिल्लाको स्वास्थ्य उपचार राम्रो बनाउने कुरामा सधैं समन्वय गर्ने बताउनुभयो ।

ग्रामीणवस्तीमा रहेका स्वास्थ्य संस्था मार्फत योगालाई विस्तर गर्नुपर्ने बताउनुभयो । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले स्थानीय तहसँगको सहकार्यमा बिभिन्न कार्यक्रमहरु नागरिक माफ लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यालयद्धारा प्रदान गरिएका सेवा सम्बन्धी छलफल र अझै सेवामा गुणस्तर वृद्धी गर्न कार्यक्रमको आयोजना गरिएको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका प्रमुख माधव बस्यालले बताउनुभयो । उहाँले कार्यालयले गरेका वार्षिक प्रगति पनि राख्नु भएको थियो । जिल्लामा ४१ हजार भन्दा धेरैले बिरामीले आयुर्वेद उपचार गराएको बस्यालले बताउनुभयो ।

कार्यक्रममा कार्यालयबाट उत्कृष्ट सेवा तथा कार्य गर्ने स्वास्थ्य संस्था र नेपाल टेलिभिजन कर्मी पत्रकार अनिल खत्रीलाई सम्मान समेत गरिएको थियो ।

वार्षिक प्रगति समिक्षा कार्यक्रमको सहजीकरण गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका सूचना अधिकारी चन्द्रप्रसाद भुसालले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.