भारततर्फ लैजान लागेको ८ सय ५५ बोतल अबैध मदिरा बरामद

मकवानपुर- मकवानपुर प्रहरीले भारत लैजान लागेको अवस्थामा अबैध मदिरा बरामद गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नेपालको बाटो प्रयोग गर्दै भारततर्फ निकासी गर्न लागिएको विभिन्न ब्रान्डका ८ सय ५५ बोतल मदिरा बरामद गरेको हो ।

हेटौंडा– १५ स्थित रातोमाटेबाट डीएल २ सीएके १३९० र डीएल २ सिएके ७२७३ नम्बरको भारतीय गाडीबाट मदिरा सहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो ।

नेपालको बाटो प्रयोग गरी मदिरा भारत बिहार लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख रिजालले बताउनुभयो । बरामद मदिरा र गाडी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले चोरीको मोटरसाईकल सहीत सर्लाही, बरथहवा नगरपालिका वडा नम्बर ३ मुर्तिया बस्ने वर्ष ३८ का दुर्गा बहादुर स्याङ्तानलाई पक्राउ गरेको छ ।

स्याङ्तानले असोज—५ गते हेटौंडा १० टिसिएन रोडमा पार्किङ गरिराखेको बागमती प्रदेश ०३–००१ प ३४५९ नम्बरको एमटी १५ मोटरसाईकल चोरी गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.