प्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जलि

बेइजिङ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि तियानमेन स्क्वायर पुग्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल त्यहाँ पुग्दा चिनियाँ उच्च अधिकारीहरूले उहाँको स्वागत गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.