डेंगु संक्रमणबाट पाल्पामा थप एकको मृत्यु, मृतक संख्या तीन पुग्यो

पाल्पा- डेंगु संक्रमणबाट पाल्पामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

उनको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि गत असोज ५ गते मिसन अस्पतालमा भर्ना भएका उनलाई डेंगुसंगै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

यो सँगै पाल्पामा हालसम्म तीन जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएको पनि स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लाका मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज तथा रामपुर अस्पतालमा गरी यो वर्ष दुई सय ६८ जनामा डेंगुको संक्रमण भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।

यसका साथै निजी क्लििनिक र मेडिकल तथा करिब एक सय जनामा संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

डेंगी संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला साथै स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.