कंग्रेस केन्द्रीय समितिको बैठकः पार्टीको नीति महाधिवेशन आगामी मंसिर १३ , १४ र १५ मा काठमाडौंमा गर्ने तय

काठमाडौं- नेपाली कांग्रेसले आगामी मंसीर १३, १४ र १५ महासमिति बैठक तथा नीति अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठक सम्पन्न गर्दै कांग्रेसले महासमिति बैठक तयारी गर्न बिभिन्न समितिहरु गठन गरेको छ ।

बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, उपसभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, महामन्त्री गगन कुमार थापाको संयोजकत्वमा सांगठनिक प्रस्ताव समिति र महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समसामयिक प्रस्ताव समिति गठन गरिएको पार्टी प्रचार विभाग प्रमुख मीन बहादुर बिश्वकर्माले जानकारी दिनु भयो ।

त्यसैगरी बैठकले संविधान जारी भएको आठ वर्षसम्म पनि संविधान कार्यान्वयनका लागि आवश्यक कानून बन्न नसकेको भन्दै तत्काल आवश्यक कानून निर्माण गरेर संघीयता कार्यान्यन प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारलाई सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने र जनातालाई सुरक्षाको प्रत्याभूति दिन सरकारको ध्यानकर्षण गराउने निर्णय गरेको छ । बैठकले महंगी नियन्त्रणको तत्काल पहल गर्न सरकारलाई डेलिगेशनसहित ध्यानाकर्षण गर्न निर्णय गरेको छ ।

त्यस्तै अतिवृष्टी र अनावृष्टीबाट साथै रोग कीराबाट पिडित किसानहरुलाई आवश्यक राहत उपलब्ध गराउन लम्पीस्किन पिडित किसानलाई तत्काल राहत दिन सरकारलाई आग्रह गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

सरकार र आन्दोलनरत् शिक्षकबीच भएको बार्ता र र भएको सहमतिको स्वागत गर्दै बैठकले शिक्षा विधेयक संसदीय प्रकृयाबाट सर्वस्वीकार्य बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।

तीनै तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आर्थिक मितव्यिता अपनाउन निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.