पृथ्विनारायण क्याम्पसद्वारा सञ्चालित पुरुष छात्रावास अलपत्र अवस्थामा (तस्वीरहरु)

कास्की- झट्ट हेर्दा जंगलको बिचमा रहेको वेवारिसे जस्तो लाग्ने पुरानो घर देख्दा अचम्म लाग्छ । माल पाएर चाल नपाउँदाको परिणाम भने जस्तै ।

पुरानोशैलीमा बनेको कलात्मक काठका संरचना माथि कुंदिएका ढुङ्गेछाना सहितको पुरुष छात्रावास अहिले जंगलभित्र जीर्ण अवस्थामा पुगेको छ ।

२०३२ सालतिर निमार्ण भई ४० बर्षसम्म हजारौं बिद्यार्थीहरुले बस्ने, खाने र पठनपाठन गर्दै आएको पोखराको पृथ्विनारायण क्याम्पसले सञ्चालन गर्दै आएको पुरुष छात्रवास अचेल भुतबंगालामा परिणत भएको छ ।

गण्डकी प्रदेशकै सबैभन्दा जेठो र ठुलो पृथ्विनारायण क्याम्पस परिसरमा रहेको पुरुष छात्रवास पुरानो र जिर्णभै कामै नलाग्ने हुँदा समेत यसको मर्मत सम्भारका लागी सरोकारवाला निकाएको ध्यान पुग्न नसक्दा बर्षौदेखि बन्द रहेको छ ।

क्याम्पसले सञ्चालनमा ल्याएको बिज्ञान छात्रवास, कन्या छात्रवास र महिला छात्रवासमा हाल १ सय ७१ जना बाहिर जिल्लाबाट आएका बिद्यार्थीहरुले छात्रवासको सुबिधा पाएको हुँदा आफुहरुलाई पठन पाठनमा सहज भएको बताएका छन् ।

शैक्षिक हिसाबले अब्बल रहेको उक्त क्याम्पसमा गण्डकी प्रदेशसहित नेपालका अन्य जिल्लाबाट समेत अध्यन गर्न आउने बिद्यार्थीहरुका लागी बस्न, खान र पठन पाठनमा सहजताका लागी जीर्ण भएको छात्रवासपनि मर्मत सम्भार गरी सञ्चालन गर्नुपर्ने बिद्यार्थीहरुको मागरहेको छ ।

कलात्मक ढंगवाट निर्माण भएको सो छात्रवासमा ८४ जनाले आरामसँग बस्न, खान र पठनपाठन गर्दै आएका भएपनि छानाबाट पानी चुहिने समस्या भएपछि बन्द गरिएकोले कामै नलाग्ने गरी जिर्ण भैसकेको छ ।

यसको मर्मत गर्न भन्दा भत्काएर नयाँ निर्माण गर्नका लागीवआबश्यक देखिएको पृथ्विनारायण क्याम्पसका प्रमुख प्रोफेसर डाक्टर सरोज कोईरालाले बताउनुभयो ।

पछिल्लो १० बर्षदेखि हरेकबर्ष ११ देखी १२ हजार बिद्यार्थीहरुले बिभिन्न संकायमा अध्ययनका लागी आउने सो क्याम्पसमा विपन्न, गरिब तथा जेहेन्दार, असक्त तथा फरक क्षमता रहेका बिद्यार्थीहरुका लागी हाल सञ्चालनमा रहेका छात्रवासको उचित ब्यबस्थापन सहित जिर्ण अबस्थामा रहेका संरचनाको उचित मर्मत सम्भारमा ध्यान दिन सकेमा उच्चशिक्षा हाँसिल गर्ने क्षमताको बिकासमा टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.