नागोर्नो काराबाखस्थित इन्धन डिपोमा भयानक विष्फोटः २० जनाको मृत्यु,  तीन सय गम्भीर घाइते

आर्मेनिया र अजरबैजानबीचको विवादित क्षेत्र नागोर्नो काराबाखमा भएको विष्फोटमा २० जनाको मृत्यु भएको छ ।

यहाँको इन्धन डिपोमा विष्फोट हुँदा अरु ३०० जना गम्भीर घाइते भएको बिबीसीले जनाएका छन । स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियालीहरु यस क्षेत्रबाट भागेका बेला यो घटना भएको हो ।

आर्मेनियाका अधिकारीहरूले भने दुई सय ९० जनाभन्दा बढी घाइतेलाई अस्पतालन भर्ना गरिएको तथा ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जनाएका छन् ।

अजरबैजानले १० महिनादेखि इन्धन आपूर्तिमा अवरोध गरेको सन्दर्भमा यो डिपोमा इन्धन पाइने आशामा लामबद्ध भएका उपभोक्ता मारिएका आशङ्का गरिएको छ ।

यसैबीच, नागोर्नो काराबाख क्षेत्रका १३ हजार पाँच सय आर्मेनियाली शरण खोज्दै येरेभान आएका सरकारी अधिकारीहरूले बताएका छन् । अजरवैजानी सेनाबाट असुरक्षा महसुस गर्दै हजो राति सात सयभन्दा बढीले रुसी शान्ति सेनाको शिविरमा आश्रय लिएका थिए ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका जातीय आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.