उत्तरी इराकमा एक विवाह समारोहमा आगोलागीः कम्तिमा एक सय जनाको मृत्यु

उत्तरी इराकमा एक विवाह समारोहमा आगोलागी हुँदा कम्तिमा सय जनाको मृत्यु भएको छ । निनेवेह प्रान्तको अल-हमदानियामा भएको आगलागीमा परी अन्य १५० जना घाइते भएको सरकारी समाचार संस्था आईएनएले जनाएको छ ।

विवाहको खुशीयालीमा आतिशबाजी गरेपछि विवाह भवनमा आगो लागेको हुनसक्ने उल्लेख गरिएको छ । उद्धारका लागि अग्निनियन्त्रक र सुरक्षाकर्मीको परिचालन गरिएको छ ।

कमसल निर्माण सामग्रीबाट तयार सो भवन आगो सल्किएको केही मिनेटमै ध्वस्त भएको थियो ।

इराकका प्रधानमन्त्री मोहम्मद अल-सुदानीले घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन सबै प्रयास केन्द्रित गर्न निर्देशन दिनुभएको सामाजिक सञ्जालमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.