लरीमा लुकेर बेलायत छिर्न खोज्ने छ जना महिलाको निसास्सिएको अवस्थामा उद्धार

फ्रान्समा लरीबाट उद्धार गरिएका ६ मध्ये ४ जनालाई ३० दिनभित्र फ्रान्स छाड्न निर्देशन दिइएको छ । प्रहरीले ४ भियतनामी र २ इराकी महिलालाई लरीबाट उद्धार गरेको थियो ।

फलफूल बोक्ने चिस्यानयुक्त लरीमा निसास्सिएको अवस्थामा उनीहरुको उद्धार गरिएको थियो । महिलाहरुले सोचेभन्दा फरक गन्तव्यतर्फ लरी हिँडेपछि उनीहरु आत्तिएका थिए ।

बन्द लरीभित्रैबाट बीबीसीका सम्वाददातालाई सम्पर्क गरेपछि उनीहरुको उद्धार भएको समाचारमा उल्लेख छ । उनीहरु बेलायत छिर्ने योजनाका साथ लरीमा चढेपनि सो लरी इटलीतर्फ प्रस्थान गरेपछि उनीहरुले उद्धारको याचना गरेको बीबीसीले जनाएको छ ।

महिलाहरुको उद्दारका लागि लरीको गोदाम खोल्दा त्यहाँको तापक्रम ६ डीग्री सेल्सियस रहेको र उनीहरु सबैको स्वास्थ्य राम्रो पाइएको छ । चालकलाई नियन्त्रणमा लिइएको भएपनि उनको नियतमा शंका गर्ने ठाउँ नभेटिएपछि उनलाई मुक्त गरिएको प्रहरीले जनाएको छ ।

युरोप, अमेरिका लगायत सुरक्षित र सुविधायुक्त मानिने मुलुकहरुमा अवैध आप्रवासनको समस्या पछिल्ला वर्षहरुमा बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.