भू-माफिया र मातपोत कार्यालयको चलखेल : बिमानस्थल ‘रन-वे’ को जग्गा नै व्यक्तिका नाममा दर्ता

रुपन्देही- भूमाफिया गिरोह र मालपोत कार्यालयको मिलोमतोमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भित्र रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ ।

मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आर्चाय नेतृत्वका कर्मचारी सहितको टिम र भुःमाफिया गिरोहको मिलोमतोमा बिमानस्थलको रन वे क्षेत्र नै व्यक्तिको नाममा दर्ता गरेको तथ्य बाहिरिएको हो ।

२०२२ सालमा हदबन्दीमा परेपछि कालीजीको मन्दिर निर्माणका लागि दिएको जग्गा मालपोत कार्यालयका प्रमुख कुमार आर्चाय र नायब शुब्बा अजित शाहनीले बैशाख ८ गते सिद्धार्थनगर-५ का पर्वतराज कान्त मिश्राको नाममा दर्ता गराउनु भएको हो ।

२०२१ सालमा भुमिसुधान ऐन लागु भएपछि तत्कालिन समयमा ७ नम्बर फाटवारीमा सुर्जा मिश्राईनले ३० बिघा १४ कठ्ठा १४ धुर जग्गाको फाटवारी भरेको देखिन्छ ।

यही फाटवारीको अन्तीम महलमा हदबन्दी भन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा ४ बिघा जग्गा कालिजी (मन्दिर)लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ ।

मन्दिरका लागि छाडिएको जग्गाको मुअब्जाको लागि गौतमबुद्ध बिमानस्थल सुढृढिकरण कार्य आयोजना कार्यान्वयन इकाईमा निवेदन परेपछि जग्गाको बिवाद सहितको रहस्य बाहिर आएको हो ।

जग्गाको बिषयमा स्थानीयदेखि अन्य सरकारी कार्यालयमा समेत फाइल पुगेकाले आफुहरु कानुनी परामर्शमा रहेको आयोजना प्रमुख इन्जिनियर प्रबेश अधिकारीले जानकारी दिनुभयो ।

मालपोत कार्यालयले रुपन्देहीले भुजौली ९ (ख) को कित्ता नम्बर ७, ३२, ६७, ६८, ९२, ९४ र ९ (क) को कित्ता नम्बर २९ लाई पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरिदिएको छ ।

मिश्राको नाममा रहेका ४ बिगाह १७ कठ्ठा बाहेकको अन्य जग्गा बिभिन्न समयमा बिक्रि बितरण गरिएको छ ।
मिश्रा लामो समयदेखि भारतको गोरखपुरमा बस्दै आएका छन् ।

मालपोतले पर्वतराजको नाममा दर्ता गराएको उक्त कित्ताको जग्गाको बिषयमा लामो समयदेखि अदालतमा मुद्धा रहेको थियो । अदालतले यस बिषयमा प्रष्ट धारणा सहितको कुनै आदेशसमेत दिएको छैन् ।

उच्च अदालत तुल्सीपुर, बुटवल ईजलासले ‘निवेदन उपर कुनै निर्णय गरेको नदेखिदा जे जो बुझ्नु पर्ने हो बुझी आबश्यक निर्णय गर्नू गराउनू’ भनी बिपक्षी भुमि सुधार तथा मालपोत कार्यालय रुपन्देहीको नाममा परमादेश जारी गरेको छ ।

तर, मालपोत कार्यालय रुपन्देहीका प्रमुख कुमार आर्चायले अदालतको परामादेशलाई टेकेर आफुले उक्त कित्ताको जग्गा पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरिएको बताउनु भयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिमानस्थल भित्रको जग्गाको बिषयमा जिल्ला प्रशाशन कार्यालयले अनुसन्धान शुरु गरेको बताउनु भयो ।

बिमानस्थल भित्रको रन वे सहितको जग्गा नै व्यक्तिको नाममा दर्ता गराउने भुमाफिया र मालपोत कार्यालयका कर्मचारीको बिषयमा गंभिर रुपमा अध्ययन गरी दोषि देखिए कडा कार्वाही गर्नु पर्ने देखिन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.