सोह्र श्राद्धलाई लक्षित गर्दै वालिङका टोलटोलमा पञ्चगव्य बितरण

स्याङ्जा- हिन्दु धर्म अनुसार कुनैपनी देब कार्य वा पितृ कार्यमा शारीरिक शुद्धताको लागि पञ्चगव्य अनिवार्य मानिन्छ । तर, मानिसहरुले गाई पाल्न छाडेपछि सोह्र श्राद्धलाई लक्षित गर्दै स्याङ्जाको वालिङमा गोमुत्र, गोवर, दुध, ध्यू र दहीको मिश्रण गराई पञ्चगव्य टोलटोलमा वितरण गरिएको छ ।

पछिल्लो समय गाईप्रतिको आकर्षण घटिरहेको बेला यसको संरक्षण र पितृ उद्धारको लागि टोलटोलमा गोमुत्रसहित पञ्चगव्य वितरण गरिएको हो ।

‘श्रद्धया इदम् श्राद्धम’ अर्थात पितृहरुका निम्ति श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो भन्ने शास्त्रीय व्याख्या छ । आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्यासम्म तिथिअनुसार श्राद्ध गरिने प्रचलन हिन्दु धर्मावलम्बीमा छ, जसलाई सोह्र श्राद्ध भनिन्छ ।

सोह्र श्राद्ध गर्ने कुनै पनि व्यक्ति गौप्रद्धत्त पंचअमृत अर्थात पञ्चगब्य खाएपछि मात्र शुद्धता प्राप्त गर्ने गर्दछन् । तर, हाम्रो गाउँघरमा गाई पाल्ने कृषकको अभाव भएपछि पञ्चगब्यको अस्तित्व हराउन थालेको छ ।

स्याङ्जाको वालिङमा सोह्र श्राद्धलाई लक्षित गर्दै गौमुत्र, गोबर, दुध, ध्यू र दहीको मिश्रण गराई पञ्चगब्य टोलटोलमा वितरण गरिएको छ । विश्व हिन्दु महासंघ स्याङ्जा र धुनी शिवालय गुठी गौशालाको संयुक्त प्रयासमा यो अभियान सुरु गरिएको हो ।

तर पछिल्लो समय श्राद्ध गर्ने प्रचलनमा विकृती आएको र यसलाई यज्ञको रुपमा बुझ्नुपर्ने धुनी शिवालय गुठी गौशालाका संयोजक दिलीप प्रताप खाँणको भनाई छ ।

कुनै पनी देब कार्य वा पितृ कार्यमा कर्ताको रुपमा बस्दा पहिले पञ्चगब्य खाएपछि मात्र त्यो कर्ता शुद्ध हुने धार्मिक विश्वास छ भने बैज्ञानिक हिसाबले पनि यसको महत्व रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.