पर्वतमा बाढीले बगाउँदा जीपसहित तीनजना बेपत्ता

पर्वत- पोखरा बागलुङ् राजमार्ग अन्तरगत पर्ने पर्बतको कुश्मा नगरपालिका वडा नं ७ तमादीखोलामा आएको बाढीले ग १ ज ६२१३ नम्मरको टाटा सुमो जिपसहित तीन जना यात्रु बगाएको छ ।

शनिबार राती सात बजेको समयमा आएको भिषण वर्षा सहितको बाढिले यात्रुसहित जिप बगाएको हो । गाडिमा सबार ४ जना मध्ये चालक बसन्तबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय पर्बतले नियन्त्रणमा लिएको छ ।

सडक अबरुद्ध भएपछि लामो तथा छोटो दुरीका यात्रुहरू बीचैमा अलपत्र परेका छन् । डिएसपी खुमलाल भुसालले सडक खुलाउने कार्य भईरहेको र हराएको सवारीसहितका यात्रुहरूको खोजिकार्य भइरहेको बताउनुभयो ।

जीपसहित सवार यात्रुहरू झण्डै ५ सय मिटरको दुरीसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.