दाङमा बस दुर्घटनाः १४ यात्रु घाइते

दाङ- दाङमा बस दुर्घटना भएको छ । पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका-४ बगइसोतामा दुर्घटना हुदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बिहान करिब ५ बजे बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

बस अनियन्त्रित हुँदा दुर्घटना भएको र घाइतेहरुको उद्दार गरेर अस्पताल लगिएको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको र धेरै चोटपटक लागेकाहरुलाइ थप उपचारको लागि बाहिरी जिल्ला पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.