बिमानस्थल जग्गा प्रकरण: मिश्रालाई मुआब्जा नदिने निर्णय

रुपन्देही- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको रन-वे सहितको विबादित झण्डै ५ बिघा जग्गाको मुआब्जा नदिने निर्णय गरिएको छ ।

जिल्ला मुआब्जा निर्धारण समितिको आज बसेको बैठकले विमानस्थलको रन-वे तथा पर्खालभित्र रहेको विवादित जग्गाको मुआब्जा नदिने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिलला अधिकारी गणेश प्रसाद अर्यालले जानकारी दिनुभयो ।

भूमाफियाको योजनामा मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आर्चाय सहितको टिमले बिमानस्थल भित्रको जग्गा ४ बिघा १७ कठ्ठा ६ धुर जग्गा सिद्धार्थनगर ५ का पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरेको थियो ।

मालापोत कार्यालयले हदबन्दीका कारण फिल्ड बुकमा भए पनि कसैको नाममा दर्ता नरहेको उक्त जग्गा २०८० बैशाख ८ गते मिश्राको नाममा दर्ता गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले जग्गा दर्ता गर्ने सम्बन्धमा मालपोत कार्यालयले बिधि, प्रक्रिया, क्षेत्राधिकार, ऐन र कानुन कुनै ख्याल नै नगरी दर्ता गरिएको पाईएकाले मुआब्जा नदिने निर्णय गरिएको बताउनु भयो ।

सिद्धार्थनगर नगरपालिका–५ का मिश्रको नाममा मालपोतले जग्गा दर्ता गरिदिएपछि मिश्राले गत बैशाख २७ गते मुआब्जा माग गर्दै गौतमबुद्ध विमानस्थल आयोजना कार्यालयमा मुआब्जा माग गर्दै निवेदन दिनुभएको थियो । त्यसपछि घटना बाहिरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालको अध्यक्षतामा बसेको बैठकमा मालपोत अधिकृत ऋषिराम पौडेल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, विमानस्थल आयोजना प्रमुख ई. प्रवेश अधिकारी सहभागी थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.