पाल्पामा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

पाल्पा- निरन्तरको झरीका कारण पहिरो खसेपछि कालीगण्डकी करिडोर अन्तर्गत रानीमहल अर्गली सडक खण्ड बुधबार बिहानैदेखि अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण रानीमहल नजिकै भीरमा पहिरो खसेको हुँदा सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो । पाल्पाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पहिरो ठूलो खसेको र पानी अहिले पनि निरन्तर परेको हुँदा सडक खुलाउन सकिएको छैन ।

रानीमहल प्रहरी चौकी र कालीगण्डकी करिडोरले पहिरो खुलाउने प्रयास गरेपनि झरी परिरहेकोले समस्या भएको छ । यसैबीच सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–५, कालीमाटीमा बुधबार बिहान लु ३ च ५३४२ नम्बरको जीपमाथि लेदोसहितको पहिरोमा फसे पनि यात्रुको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

उता सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल खण्डको तिनाउ गाउँपालिकास्थित दोभान सिद्धबाबा क्षेत्रमासमेत ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेको छ ।

सडक डिभिजन कार्यालय र प्रहरीको पहलमा सडक खुलाइएको छ । तर निरन्तरको झरीका कारण पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

यस्तै वर्षाका कारण ग्रमीण सडकहरुको ठाउँठाउँमा परिहो खसेर अवरुद्ध भएका छन् । पूर्ण विवरण नआएपनि झरीका कारण गलेका जमिन भासिने र पहिरो खस्ने हुँदा स्थानीयले आवागमनमा समस्या भएको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.