तुइनबाट खसेर एक जना बेपत्ता

हुम्ला- तुइन तर्ने क्रममा खसेर हुम्लामा एक जना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका-३ स्थित लेप्चेघाटमा मुगुका ३८ वर्षिय मकरसिह नेपाली तुइनबाट खसेर बेपत्ता भएका हुन् ।

हिजो साँझ ६ बजेरतिर तुइनबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

कर्णाली करिडोर अन्तरगत छारे-सुनाखाडा काम गर्न उनी मुगुबाट हुम्ला गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । बेपत्ता नेपालीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.