चितवनमा मृत अवस्थामा गैंडा फेला

चितवन- चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्ने खोरियामुहानको भेल्लर घारीमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खड्ग दल गणको संयुक्त गस्ती टोलीले शनिबार उक्त गैँडा मृत अवस्थामा फेला पारेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले दिएको जानकारीअनुसार दुई गैँडा आपसमा जुध्दा प्राकृतिक कारणले उक्त अन्दाजी २५ वर्षको गैँडाको मृत्यु भएको हो ।

मृत भेटिएको उक्त गैँडा पोथी गैँडा हो । तिवारीका अनुसार योसँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जत्रि मर्ने गैँडाको संख्या पाँच पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.