जुम्लाको तातोपानी गाउँपालिकाले वडा-वडामै पुगेर योजना सम्झौता गर्दै

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाले वडा–वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । बैशाख मसान्तमै आर्थिक वर्ष सम्पन्न गर्ने लक्ष्य लिएको तातोपानीले वडामै पुगेर योजना सम्झौता कार्य गर्न थालेको हो ।

अन्य पालिका अलमलमै रहँदा तातोपानीले गाउँपालिकाले भने वडामै पुगेर योजना सम्झौता कार्य थाल्दा पुँजीगत खर्चमा प्रगती र विकासमा गुणस्तर ल्याउने आशा जागेको छ ।

वडामै पुगेर योजना सम्झौता गर्ने अभियान अन्तरगत बुधबार तातोपानीको वडा नं. २ का योजना सम्झौता गरिएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताउनु भयो । उहाका अनुसार २ नम्बर वडाका ७ वटा योजना सम्झौता गरिएको छ ।

जसमा मुनबाडादेखि ताबाडासम्म जाने आरसिसि गोरेटो बाटो, कर्णाली राजमार्गदेखि चिहानघाटसम्म गोरेटो बाटो पिसिसि निर्माण, कर्णाली राजमार्गदेखी तातोपानी धारासम्म रेलिङ र नाली निर्माण, डाँगीवाडा गाउँ गोरेटो बाटो पिसिसि निर्माण,थाप्ला देखि खाँजर्मी सिचाई कुलो निर्माण गोप्थाड रहेको छ ।

साथै सुन्दरगाउँ गोरेटो बाटो तटबन्धन निर्माण, कर्णाली राजमार्ग देखि हिमशिखर उच्च माध्यामिक विद्यालयसम्म आर सि सि सडक निर्माण ९मुख्यमन्त्री रोजगार अन्तरगत गरी ७ चालु आवका ७ वटा योजना सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत कठायतले जानकारी दिनुभयो ।

पालिकाकै विशेष क्षेत्र वडा नं. ७ र ८ मा प्राविधिक टोली योजना सम्झौताका लागि गएको र विवरण आउन बाँकी रहेको छ । पालिकाका आठवटै वडाका योजना सम्झौता कार्यलाई पहिलो चौमासिकमै सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.