इजराइल–हमास द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन तेल अविवमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार तेल अविव आइपुग्नुभएको इजराइलको आई२४ न्यूज इङ्गलिसले जनाएको छ । गत शनिबार हमासले आक्रमण गरेपछि इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच उहाँको यो भ्रमण भएको हो ।
विदेशमन्त्री ब्लिङ्केनसँग रहनुभएका अमेरिकी अधिकारीहरूमा उहाँका सल्लाहकार डेरेक चोलेट, उहाँका डेपुटी चिफ अफ स्टाप टम सुलिभान, विदेश मन्त्रालयका प्रवक्ता माथ्यु मिलर, निकट पूर्वीमामिला सहायकमन्त्री बार्बरा लिफ, प्यालेस्टिन मामिलाका विशेष प्रतिनिधि ह्याडी आमर र बन्धक मामिलका लागि राष्ट्रपतिका उपविशेष दूत स्टिभ गिलन हुनुहुन्छ ।
आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री ब्लिङ्केनले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, ब्रिगेडियर जनरल गल हिर्स्च र अन्य इजराइली अधिकारीहरूसँग बैठक गर्नुहुनेछ ।
इजराइलको भ्रमण सकिएपछि उहाँले जोर्डनका राजा अब्दुल्लाह र प्यालेस्टिनी राष्ट्रपति मोहमुद अब्बाससँग अम्मानमा भेट गर्नुहुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.