धानमा रोग लागेसँगै जुम्लामा किसानको चिन्ता- भकारीसँगै पेट पनि रित्तिँदै

जुम्ला- असाेज ढल्कँदाे छ । चिसाे पनि बढ्दै छ । याे कामकाे महिना हाे । सारा जुम्ली यतिबेला काममा व्यस्त छन् । याे याम `मानाे छरेर उब्जिएको मुरी भित्याउने´ समय हाे । सबै जुम्ली त्यसैकाे सुरसारमा व्यस्त छन् ।
असाेज दशैँकाे महिना हाे । विगतका वर्षमा यतिबेला दशैँ सकिसकेकाे हुन्थ्याे ।
यसपाला दशै पनि अलि पछि नै परेकाेले दशैकाे राैनक भित्रिसकेकाे छैन । दशै विस्तारै छाउँदै छ । घरबासीहरू बाली भित्याउँदैछन् । परदेशीहरू घर फर्किने क्रममा छन । यसपटक दशै कात्तिक ७ गते परेकाे छ । यतिबेलासम्म सम्म त किसानका धेरै काम सकिन्छ । यसपटककाे दशैँमा कामकाे चटाराे कमै हुन्छ किसानलाई ।
तर,तातोपानी-५ का किसान आनन्द हमाललाई धान भित्र्याउने बेलामा ब्रजपात परेकाे छ । काट्ने बेला भएकाे धानमा राेग लागेर सखाप भएपछि उनी चिन्तित छन ।
हमालले खेतभरी मार्सीधान राेपेका थिए । ‘चाडपर्वकाे मुखमा धानमा आगाे लगाउने अवस्था आयाे । सबै धान राेगले सखाप भइसक्याे । नयाँ धान भित्र्याएर दशैँ मनाउने सपना अधुरै रहयाे’- उनले भने । धानकाे एउटा बाला पनि काम नलाग्ने भएपछि उनलाई दशैँ कसरी मनाउने भन्ने पीर परेकाे छ ।
६ जनाकाे हमालकाे परिवार कृषि कर्म गरेरै जिविकाेपार्जन गर्दै आएकाे छ । १२ भारी खेतकाे धानले उनकाे घरकाे ६ महिनासम्म गर्जाे टर्थ्याे ।
तातोपानी-५ कै पुन्या सार्की पनि १० भारी खेतमा लगाएकाे धानमा राेग लागेपछि विलखबन्दनमा परेका छन् ।
अन्य काम सकेर धान भित्र्याउने तयारी गरेका उहा निरास हुनुहुन्छ । वडा सदस्यसमेत रहेका सार्कीलाई अब दशैँ कसरी मनाउने भन्ने कुराले पिराेलेकाे छ । `दशैकाे मुखमा बज्रपात नै परेकाे छ । राेगले धान खायाे । आगाे लगाउने अवस्था आएपछि मेराे मन खाएकाे छ । हामी गरिबलाई सधै यस्तै हुन्छ’ – उनले थपे र
८ भारी खेतमा धान राेपेकाे ताताेपानी-५ श्री नगरका सुरबहादुर हमाल सयाैँ किसानकाे परिश्रम खेर गएकाे बताउँछन । उनका अनुसार धानखेतीमा राेग मात्रै लागेकाे हाेइन । सयाैँकाे पेट खाली हुने अवस्था आएकाे छ ।
यसपालिकाे दशै खल्लो हुने भयाे भन्दै उनले चिन्ता प्रकट गरेका छन । `बालीकाे हालत हेर्नुभयाे । सबै जान्नेसुन्ने आउनु भएकाे छ । हाम्रो समस्या देख्नु भएकै छ ।´ उहाले भन्नु भयो, `अब सरकारले राहत दियाे भने दशैँ मनाउने । भएन भने के गर्ने थाहा छैन ।´
अर्का किसान धनकृष्ण चाैलागाईका अनुसार धान खेतीमा लागेकाे राेगका कारण सयाैँ किसान मर्कामा परेमा छन् ।
उहाले पहिलोपटक धानबालीमा यस्ताे समस्या देखिएकाे उनको भनाइ छ । परम्परादेखि राेप्दै आएकाे धानखेती धरापमा परेका कारण किसानकाे भकारी रित्तो हुने अवस्था आएकाे किसानहरुको चिन्ता छ ।
माथि उल्लेखित केही प्रतिनिधि किसान मात्रै हुन् । जिल्लाकाे ताताेपानी र चन्दननाथ नगरपालिकाका विभिन्न वडामा भित्र्याउने बेलामा धानखेतीमा राेग लागेपछि किसान समस्यामा परेका छन् ।
ताताेपानीका वडा नम्बर ४,५ र ६ तथा चन्दननाथ नगरपालिका वडा नम्बर ९ मा ब्लाष्ट राेगका कारण धानबाली नष्ट भएकाे हाे । मुख्यगरी रिमिदेखि ऎरेनी ज्युलाेसम्म धेरै क्षति पुगेकाे छ ।
कुल ८० हेक्टर क्षेत्रफलमा क्षति पुगेकाे कृषि ज्ञान केन्द्र,जुम्लाले जनाएकाे छ । ६ हजार ५ सय ७२ मुरी खेतीयोग्य जमीनमा लगाइएको धानमा ब्लाष्ट राेग लागेकाे हाे । करिब १सय ६० मेटिक टन धान खेती नष्ट भएकाे हाे । जुम्लामा वर्षनि ३ हजार हेक्टरमा धान खेती हुँदै आएकाे छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यहाँको धानमा नेक ब्लाष्ट राेग लागेकाे हाे । याे सबैभन्दा खतरा हुन्छ । यसकाे संक्रमण हुँदा दाना बन्दैन । धानकाे बालामा दाना हुँदैन । भएपनि फल हुँदैन ।
रैथाने बीउ नभएका कारण पनि समस्या भएकाे केन्द्रको भनाइ छ । यहाँ लगाइएको बीउ चन्दननाथ नगरपालिकाबाट ल्याइएको किसानहरु बताउँछन । बीउ पनि धेरै पुरानो भइसकेको र यसकाे प्रतिरोधात्मक शक्ति कम भएको ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्र जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाका अनुसार धान भित्र्याउने बेला थाहा भएकाेले समस्या समाधान गर्न सकिने अवस्था छैन । नेक ब्लाष्ट ( घाँटी मरूवा) राेगका कारण धानबालीमा क्षति पुगेकाे उनकाे भनाइ छ । `पहिलाे कुरा,याे पातमा हुने संक्रमण हो । दोस्रो, फिंगर ब्लाष्ट (धानको डाँढमा) लाग्ने रोग हो ।
यसलाई नियन्त्रण गर्न सकिन्छ । तेस्रोमा चाहीँ नेक ब्लाष्ट (घाँटी मरुवा) धानको बालामै लाग्ने रोग हो ´, देवकोटा भन्छन्,` यसले बाला चाउने,पोटिलो नहुने,धानमा दुध नभरिदै झर्ने समस्या हुन्छ । यो अन्तिम अवस्थामा लाग्ने रोग भएकोले पनि नियन्त्रणमा समस्या छ । आगामी वर्ष समयमै ध्यान दिनुपर्छ ।´
स्थानीय सरकारकाे अगुवाइमा संयुक्त अनुगमन
तातोपानी गाउँपालिकाकाे अगुवाईमा यो साता प्रभावित क्षेत्रमामा संयुक्त अनुगमन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिसहित जिल्लास्थित राजनीतिक दल,पत्रकार तथा पालिकाका जनप्रतिनिधि अनुगमनमा सहभागी थिए ।
नेक ब्लाष्टले क्षति गरेका तातोपानी-५ स्थित लाम्रा,श्रीनगर,एैरेनी हाँकु,हियाँखोलामा अनुगमन गरिएको छ ।
ती क्षेत्रमा आगाे लगाउने अवस्था देखिएकाे छ । किसानले उपभोग गर्ने खेतको धानमा क्षति भएका कारण ठुलाे समस्या निम्तिएकाे छ । अनुगमनका क्रममा पहिलोपटक धेरै ठुलाे क्षति व्यहोर्नुपर्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताउनु भयो ।
करिब सात हजार खेतमा लगाइएको धानखेती क्षति पुगेकाे उहाँको भनाइ थियो । ‘आगाे लाउनुुु बाहेक विकल्प छैन । कुनैपनि दाना राम्रो छैन । भएकाे पनि राम्राे नभएकाे पाइयाे’- चौलागाई भन्नु हुन्छ ।
स्थानीयको मात्र नभई प्रदेश र केन्द्रीय सरकारकोसमेत सहयोग आवश्यक भएको किसान र त्यहाँ कार्यरत कृषि विज्ञहरु बताउँछन ।।






प्रतिक्रिया राख्नुहोस्