करोडौँको सवारी साधनहरु लिलामी नहुँदा कवाडीमा परिणत

रौतहट- नेपाल-भारत नाकामा रहेको गौर भन्सार कार्यालयलेले विभिन्न समयमा बरामद गरिएर राखिएका सवारी साधनहरू लिलामी प्रक्रिया सुरु नगर्दा ति सवारी साधनहरु कवाडी अबस्थामा पुगेका छन ।
२०७३ देखि ०७९ सम्म दुई पाँग्रे सवारी साधन ८ सय ३६ वटा, चार पाङ्ग्रे सवारी साधान १७ वटा बरामद गरिएका छन । चार पाङ्ग्रे सवारी साधनमा बोलेरोदेखि पिक अप भ्यानसमेत रहेका छन ।
भन्सार कार्यालयले बरामद गरिएका साधनहरुको लिलामी प्रक्रिया शुरु नहुँदा पानीमा डुबेर गाडीहरु कवाडी अवस्थामा पुगेका छन ।
आर्थिक बर्ष २०७९/८० मा भन्सार कार्यालयले करिव ३५ करोड ९३ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
तर यस अवधिमा भन्सार कार्यालयले २३ करोड ८८ लाख मात्र संकलन भएको गौर भन्सार कार्यालयले जनाएको छ ।
२०८०/८१ बर्षमा ३४ करोड ८७ लाख राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ । यही आर्थिक वर्षमा सबै सवारी साधन लिलाम गर्ने प्रतिवद्दता भन्सार कार्यालयका प्रमुख बासुदेव नेपालले व्यक्त गर्नुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्