चितवन स्थानीय प्रसाशनद्वारा नेपाल-भारत सीमाको निरीक्षण

चितवन- चितवनको दक्षिणी भेगमा पर्ने माडीको सोमेश्वर क्षेत्रस्थित नेपाल भारत सीमाको चितवनको सुरक्षा निकायका प्रमुखहरुले स्थलग निरीक्षण गरेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापको नेतृत्वमा नेपाल-भारतको सीमास्थित ४५ नम्बर पिल्लर र सोमेश्वर गढी क्षेत्रको स्थलगत अवलोकन गरिएको हो ।

नेपालीहरुको महान चाड दसैँतिहार नजिकएसँगै सुरक्षा सतर्कता बढाउँदै आफूहरुले पहिलोपटक नेपाल–भारत सीमामा रहेको ४५ नम्बर पिल्लर र सोमेश्वर गढी क्षेत्रको स्थलगत अवलोकन गरेको प्रजिअ थापाले जानकारी दिए ।

जिल्लाका विभिन्न भू-भाग जोडिएका सीमाको रक्षा गर्नुसमेत सुरक्षा निकायका प्रमखहरुको प्रमुख दायित्व भएको र  सिमानामा हुने अवैध गतिविधि रोक्न निरीक्षण गरिएको प्रजिअ थापाको भनाइ थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.