मनै लोभ्याउने रमणीय दृश्यहरुको सँगालो ‘मनाङ’

मनाङ- नेपालका मुस्ताङ र मनाङलाई हिमाल पारीका जिल्ला भनिन्छ । तपाईं मनाङ पुगेपछि लाग्छ मनाङ हिमालभित्रको जिल्ला हो ।

गण्डकी प्रदेशको यो एउटा प्राकृतिक सौन्र्दयले भरिएको जिल्ला हो । लमजुङ जिल्लाको बेशिशहरबाट चामे हुँदै मनाङको खाङ्सार (जसलाई माथिल्लो मनाङ) समेत भनिन्छ । त्यहाँसम्म पुग्दा मनाङलाई हिमालको घेराभित्र रहेको जिल्ला भन्न मन लाग्छ ।

मनाङ सिमा सुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । खत्रो, धारापानी, बगरछाप, चामे, हुम्दे, भ्राका, मनाङ, खाङ्सारलगायतका स्थान जिल्लाका मुख्य बजार क्षेत्र हुन् ।

असोजदेखि मंसिरसम्म मनाङमा बाह्रय तथा आन्तरिक पर्यटकको भिड हुन्छ । प्रमुख व्यवसाय पर्यटन त्यसपछि पशुपालन  र कृषि जिल्लामा बसोबास गर्ने मानिसको मुख्य पेशा रहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र बहादुर घले बताउँछन् ।

पछिल्लो समय मनाङमा सडक बिस्तारसँगै अन्नपूर्ण  पदमार्ग मासिएको भन्दै सर्वसाधारणको गुनासो बढेको भएपनि पदमार्ग संरक्षणमा स्थानीय सरकार लागिरहेको घलेको भनाइ छ ।

तथ्याङ्क अनुसार अहिले समयमा एक दिनमा ३ सय ५ जनाभन्दा धेरै विदेशी पर्यटक मनाङ भित्रएका छन् । तिलिचो ताल, थोरङला पास, आईस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न विदेशी मात्रै नभएर स्वदेशी पर्यटकको समेत संख्या उल्लेखनीय रहेको छ ।

२०६९ सालमा जिल्लाको सदरमुकाम चामेमा सडक पुगेपछि मनाङमा विकासको गति तिव्र भएको छ । शिक्षा, स्वास्थ्य, विद्युतका काम चलिरहेका छन् ।

एकमात्र जिल्ला अस्पताललाई विस्तार गर्ने कामको समेत थालनी भएको छ ।  मनाङका हरेक स्थान सुन्दर छन् । यो वा त्यो ठाउँ भन्नु पर्ने नै छैन् ।

तिलिचो ताल, थोरङला पास, आईस लेक, अन्नपूर्ण पदमार्गको यात्रा, चामेको ताचैंको होमस्टेलगायतका स्थान मनाङ पुग्ने पर्यटकले छुटाउन नहुने स्थान हुन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.