कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको शपथ आज

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय गरेको बताएको छ ।
कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा कार्की हिजो मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।
मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहनु भएको बताइएको छ ।।






प्रतिक्रिया राख्नुहोस्