कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ
एमालेसहित ३ सदस्यीय मन्त्रिपरिषद गठन

कोशी- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख परसुराम खापुङले उहाँलाइ पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।
सो अवसरमा नवनियुक्त मन्त्रीहरु राम राना र शमसेर राईले पनि पद तथा गोपनियताको शपथ लिनु भएको छ ।
राना नेकपा एमाले र राई नेपाली काँग्रेसबाट प्रारम्भिक मन्त्रिपरिषदमा पर्नु भएको हो ।
नेपालको संविधानको धारा १ सय ३८ को उपधारा ५ को प्रावधान अनुसार नेपाली काँग्रेसका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा कार्की हिजो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्