कङ्गोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु, २६१ बेपत्ता

उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ ।

दुर्घटनास्थलको निरीक्षण गर्नुभएका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्यजारी गर्दै ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने’ बताउनुभएको छ ।

प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुङ्गा कङ्गो नदीको बन्दरगाह शहर मबान्डाकाबाट शुक्रबार राति ३०० किलोमिटर भन्दा बढी दूरीमा रहेको बोलोम्बाका लागि छुटेको थियो ।

प्रत्यक्षदर्शीले सिन्ह्वालाई दिएको जानकारीअनुसार अत्यधिक भारका कारण डुङ्गा पल्टिएको तर डुङ्गामा सवार यात्रुको सङ्ख्या भने अज्ञात छ ।

विशेष गरी कङ्गो नदीमा अत्यधिक भार र डुङ्गाहरूको खराब अवस्था अधिकांश दुर्घटनाहरूको कारण हुनेगरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.