अर्थतन्त्र सुधार्न सामूहिक प्रयास आवश्यक छ : अर्थमन्त्री महत

काठमाडौँ-अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताउनुभएको छ ।
महिला आर्थिक पत्रकार सङ्घ (फेजा) को औपचारिक उद्घाटन कार्यक्रममा उहाँले अर्थतन्त्र सुधारका लागि सबैले सहयोगको अपेक्षा सरकारले राखेको बताउनुभयो ।
“विस्तारै अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । सुधारका लागि सरकार र अर्थ मन्त्रालयको प्रयासले पुग्दैन । सबैले आआफ्नो क्षेत्रबाट लाग्न जरुरी छ”, अर्थमन्त्री डा महतले भन्नुभयो, “सामूहिक अठोटका साथ काम गरौँ । जहाँ अप्ठ्यारो छ, त्यसलाई फुकाउन अर्थमन्त्रालय तयार छ ।” आर्थिक सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको र सकारात्मक नतिजा पनि देखिँदै गएको उहाँको भनाइ छ ।
अर्थमन्त्री महतले मुलुकको अर्थ–सामाजिक विकासका लागि महिला सशक्तीकरणको आवश्यकता पनि औँल्याउनुभयो । हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउँदै उहाँले जाने र समावेशी विकासको अवधारणा अँगालेपछि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा महिला सहभागिता बढेको बताउनुभयो ।
आर्थिक पत्रकारिताका क्षेत्रमा काम गरिरहेका महिलाको सीप तथा क्षमता विकासका लागि समन्वयकारी भूमिका निभाउने उद्देश्यले फेजा गठन भएको अध्यक्ष शर्मिला ठकुरीले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.