नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

काठमाडौँ, ३० असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा मन्त्री डा महतले भन्नुभयो, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् अब ती क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु ।”

जलविद्युत्को विकासबाट नै देशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिने यथार्थ दोहोर्‍याउँदै मन्त्री महतले निजी क्षेत्रबाट तीन सय मेगावाट विद्युत् उत्पादन भइरहेको अवस्थामा विदेशमा रहेका नेपालीले मातृभूमिको उन्नयनका निम्ति लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले लगानीको प्रतिफल सुनिश्चित गर्ने ऐनकानुन रहेकाले निर्धक्क भएर पूँजी प्रवाह गर्न आह्वान गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.