उच्च गुणस्तरकोबीआरआई सहयोग गर्न तथा हरित विकासलाई प्रवर्द्धन गरिने छ : राष्ट्रपति सि

चीनका राष्ट्रपति सि जिनपिङले चीनको उच्च गुणस्तरको बेल्ट एन्ड रोड कोअपरेसनको  संयुक्त प्रयासलाई सहयोग गर्ने एक प्रमुख कदमका रूपमा हरित विकासलाई निरन्तरता दिइइने बताउनुभएको छ ।
   राष्ट्रपति सिले हरित पूर्वाधार, हरित ऊर्जा, हरित यातायात जस्ता क्षेत्रमा सहयोगलाई अझ विशेष बनाउदै बीआरआई इन्टरनेशनल हरित विकास गठबन्धनलाई सहयोग बढाउने बताउनुभयो ।
उहाँका अनुसार चीनले बीआरआईहरित नवप्रवर्तन सम्मेलनलाई निरन्तरता दिने र सौर्य उद्योगकालागि संवाद र आदान–प्रदान संयन्त्र तथा कबर्वन नियन्त्रणका लागि विशेषज्ञको नेटवर्क स्थापना गरिने जानकारी दिनुभयो ।
यसै सन्दर्भमा राष्ट्रपति सिले बीआरआईका लागि हरित लगानी सिद्धान्त लागु गर्ने तथा २०३० सम्ममा साझेदार देशहरूलाई एकलाख प्रशिक्षण उपलब्ध गराउने घोषण गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.