बझाङमा जिप दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते

बझाङ-  बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन ।

जिल्लाको छविस पाथिभेरा गाउँपालिका–७ खोरीस्थित कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा आज एक जनाको उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको डक्टर नवराज जोशीले जानकारी दिनुभयो .

बाँकी ५ जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको पनि उहाँले बताउनुभयो ।

भाडे बजारबाट बुडखोरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज (शुक्रबार) बिहान ब्रेक फेल भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जिपमा ८ जना सवार थिए।

ती मध्ये एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

एक जनाको अवस्था गम्भीर रहेकाले धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.