तम्घासमा बजार अनुगमन: म्याद नाघेका खाद्य पदार्थ जफत

गुल्मी- गुल्मीको मुख्य बजार तम्घासकै पसलहरुबाट म्याद नाघेका सामग्री बिक्री गरेको फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालयले विभिन्न टोली बनाएर बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बजिमाया रन्जन स्टोर्शबाट १४ कार्टुन तेज र १ कार्टुन माया तेल म्याद नाघेको फेला परेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

त्यस्तै घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने कच्चा पदार्थ (मर्चा) ८० केजि पनि अनुगमन टोलिले बरामद गरेको छ । अनुगमन टोलिले खाद्य, दुध डेरि र मासु पसल गरेर बजारका ५६ वटा पसल अनुगमन गरेको गैरेको भनाइ छ ।

उनले बजारमा कम म्याद हुने तेल, मसला, सुजि, चेरी, बदाम, चोकोपाइ, बिस्कुट, फुरनदाना लगायतका सामग्री जफत गरिएको उहाँले बताउनुभयो ।

निरन्तर बजार अनुगमन हुने सदरमुकामकै जिम्मेवार व्यवसायीकोमै भान्सामा सबैभन्दा बढी प्रयोग हुने तेल म्याद नाघेको फेला पर्नु दुःखद बिषय भएकाले उपभोक्ता सचेत रहन र व्यवसायी गम्भीर बन्न प्रशासनले आग्रह गरेको छ ।

जिल्लाका ४÷५ वटा पसल तथा उद्योगको मुद्दा प्रशासन कार्यालयमा चालू अवस्थामा रहेकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने वस्तुको बिक्री वितरणमा चनाखो बन्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी गैरेको भनाइ छ । अनुगमनको क्रममा ६४ हजार ९ सय ३५ रुपैयाँ मुल्य बराबरको सामान बरामद गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनबाट बरामत गरेका सामाग्रीहरुलाई नष्ट गरेको छ । तम्घास बजारका विभिन्न खाद्ययन्न पसलहरुबाट बरामत गरिएका म्याद गएका सामाग्रीहरु नष्ट गरेको हो ।

चाड पर्वलाई मध्यनजर राखेर तम्घास बजारका खाध्यन्न पसलहरुमा अनुगमन गरिएको थियो । बजारमा हुने कालो बजारी सँगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन बजार अनुगमन हुदै आएको छ ।

बजार अनुगमनमा व्यवसायीहरुलाई आफनो व्यवसाय दर्ता गरेर र म्याद गएका वस्तुहरु आफैले चेक जाँच गरेर उपभोक्ताले खान योग्य सामाग्री मात्र बिक्री वितरण गर्न सुझाव दिइएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

चाडपर्व नजिकिएसँगै गाउँगाउँमा स्थानीय तहरुले पनि बजार अनुगमनलाई तिब्रता दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.