दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको नाकाहरुमा भिड

करिब १२ लाख मानिस उपत्यकाबाट बाहिर गएको तथ्याङ्क

काठमाडौँ- दसैँ मनाउन करिब १२ लाख मानिस काठमाण्डौं उपत्यकाबाट आ-आफ्नो थातथलो फर्केका छन् ।

लाखौं मानिसले उपत्यका छाडेसँगै राजधानी शहर सुनसान बन्दै गएको छ ।

राजधानी बाहिरिने विभिन्‍न नाकाहरुमा घर फर्कनेहरुको भिड कायमै छ ।

सार्वजनिक सवारी साधनसँगै निजी सवारी साधनमा पनि ठूलो संख्यामा मानिसहरु राजधानीबाट बाहिरिएको प्रहरीले जनाएको छ ।

खासगरी काम विशेषले काठमाण्डौं उपत्यका लगायत मुलुकका विभिन्न ठाँउमा बसिरहेकाहरु दशैं परिवारसंगै मनाउन आ-आफ्नो थातथलो फर्केका छन् ।

पारिवारिक जमघट र आफ्ना मान्यजनका हातबाट टीका थापी आर्शिवादका लागि विदेशमा रहेकाहरु समेत स्वदेश फर्केका छन् । भारतसँग सीमा जोडिएका जिल्ला नाकाहरुमा पनि घर फर्कने नेपालीहरुको भिड उस्तै रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.