राष्ट्रपति पौडेलबाट पलाञ्चोक भगवतीको दर्शन

काभ्रे- राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्ठमीको अवसरमा आज काभ्रेको पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पाठपूजा एवं दर्शन गर्नुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट विरेन्द्र शान्ति तालिम केन्द्रमा अवतरण गरी परिवारका सदस्यहरुसहित मन्दिर परिसदमा पुग्नुभएको हो ।

राष्ट्रपति पौडेललाई जिल्ला समन्वय प्रमुख दिपक गौतम,पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, जनप्रतिनिधि एवं समितिका प्रतिनिधिहरुले स्वागत गर्नुभएको थियो ।

उहाँले करिब १५ मिनेटसम्म मन्दिर परिषदमा पाठपूजा गर्नुका साथै मन्दिरको बस्तुअवस्था बारे जानकारी लिनुभएको थियो ।

पलाञ्चोक भगवतीको मन्दिर आजभन्दा करबि एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ मा नर्मिाण भएको हो ।

पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमा समेत चनिने गरेको छ ।

भगवतीको मूर्ति मध्ये सबैभन्दा पुरानो र दाहिने हातबाट निर्माण गरिएको भगवतीको मन्दिर भएकोले पनि अन्य भगवतीहरु मध्ये पलाञ्चोक भगवती वढी चर्चा हुने गरेको छ ।

पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनले चिताएको कुराहरु पुरा भएको भन्दै नेपालका विभिन्न स्थानबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.