‘आतङ्कवादी परिसर’मा इजराइली सेनाद्वारा हवाई आक्रमण

काठमाडौँ- इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजराइल सेक्युरिटिज (आईएसए) ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतङ्कवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ ।
सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतङ्कवादी हमलाको योजना बनाउन र त्यसलाई लागु गर्नका लागि कमान्ड सेन्टरका रूपमा प्रयोग गरिएको जासुसीमाध्यमबाट पत्ता लागेको बताएको छ ।
एक्समा आईडीएफले भनेको छ, “आईडीएफ र आईएसएले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतङ्कवादी परिसरमा हवाई आक्रमण गरे, हालै आईडीएफको जासुसी संयन्त्रबाट मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतङ्कवादी हमलाको योजना बनाउन र त्यसलाई पूरा गर्नका लागि एउटा कमान्ड सेन्टरका रूपमा प्रयोग गरिएको थियो भन्ने पत्ता लागेको छ ।”
एक्समा राखेको अर्को पोस्टमा आईडीएफले उसको सेनाले उत्तरी इजराइलमा एन्टी–ट्याङ्क लन्च गर्ने प्रयास गरिरहेको एउटा आतङ्कवादी सेललाई प्रहार गरेको बताएको छ । एक्समा राखेको पोस्टमा आईडीएफले भनेको छ, “हमासले ऊ मानवतावादी सङ्गठन हो भन्ने विश्वास विश्वले गरोस् भन्ने चाहन्छ, उसको जालमा नफसौँ ।”
एक्समा भिडियो पोस्ट गर्दै आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भन्नुभयो, “हमासले पछिल्ला दिनमा विशेषगरेर पछिल्लो २४ घन्टमा हिजो दुई बन्धकलाई रिहा गरेर स्वयंलाई विश्वसामु मानवतावादी सङ्गठनका रूपमा देखाउने प्रयास गरिरहेको छ, हमास आईएसआईएसभन्दा पनि खराब छ भन्ने संसारले बिर्सन सक्तैन ।”
इजराइली वायुसेनाले हमासले गाजापट्टीका बासिन्दाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दै उनीहरूको घरहरूबाट रकेट लन्च गरेको बताएको छ । “हमास आतङ्कवादी सङ्गठनले गाजापट्टीका बासिन्दाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दछ र उनीहरूको पूर्वाधार, क्षेत्र र भवनबाट रकेट प्रहार गर्दछ”, वायुसेनाले भनेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.