धादिङमा भूकम्पको त्रास: स्थानीयले त्रिपालको भरमा घरबाहिरै रात काटे

धादिङ- पुनः भुकम्प आउने त्रासका कारण धादिङका स्थानीयले घर बाहिर रात काटेका छन् ।

हिजो पाँच गते आइतवार विहान धादिङको ज्वालामुखी गाउँपालिका स्थित खरी केन्द्र विन्दु बनाई ६ दशमलव १ रेक्टर स्केलको भुकम्प गएपछि पटकपटकको परकम्पनका कारण यहाँका स्थानीयहरुमा त्रास थपिएको छ ।

धादिङमा विहानदेखि सात पटकसम्म भुकम्पको धक्का महशुस भएपछि अझ ठुलो भुकम्प आउन सक्ने भन्दै घर बाहिर बसेका हुन् ।

खुल्ला स्थानमा बसेका मानिसहरुलाई नीलकण्ठ नगरपालिका-३ ले त्रिपालको ब्यवस्था गरी बस्ने ब्यवस्था मिलाएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भएको छ ।

विहान गएको भुकम्पका कारण ज्वालामुखी गाउँपालिकामा २४ घरमा क्षति पुगेको छ भने धेरै घरहरु चर्किएका छन ।

क्षति पुगेका २४ घर मध्ये ६ वटा पूर्ण क्षति भएको हो भने अन्य घरहरुमा सामान्य क्षति पुगेको विपद व्यवस्थापन समितिका अध्यक्ष एवं धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताउनु भएको छ ।

भुकम्पका कारण केही बाटोहरुमा पहिरो गएको छ भने मानवीय क्षति चाहिँ भएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.